रास्वपा सभापति लामिछाने सहभागी कार्यक्रममा आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

नवलपरासी | माघ २७, २०८२

रास्वपा सभापति लामिछाने सहभागी कार्यक्रममा आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

नवलपरासी:   जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ।

 

रास्वपाले आज जिल्लामा 'जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम' आयोजना गर्ने सूचना प्राप्त भएको भन्दै प्रशासनले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

 

सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीद्वारा हस्ताक्षरित पत्रमा प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा २०८२ माघ १४ गतेदेखि नै निर्वाचन आचारसंहिता लागु भइसकेको स्मरण गराइएको छ।

 

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, 'मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको 'जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम' रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।'

 

निर्वाचनको मुखमा राजनीतिक दलका कार्यक्रमहरूले आचारसंहिता उल्लङ्घन गर्न सक्ने तर्फ सचेत रहँदै प्रशासनले निगरानी बढाएको छ।

 

625976636_926472573171488_5377507040966392708_n

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

थप पढ्नुहोस्

पोखराः   पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...

थप पढ्नुहोस्

विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...

थप पढ्नुहोस्